सहकारी प्रकरण : कार्यदल बैठक बस्दै, होला त सहमति ? | Khabarhub Khabarhub

सहकारी प्रकरण : कार्यदल बैठक बस्दै, होला त सहमति ?


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन।

यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : ३६ बजे

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

पोखरा– नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको

एडीपीको साधारणसभा : गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौं– नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी,

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो

काठमाडौं– प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा

रविन्द्र मिश्रको ‘माथिको आदेश छ’ लोकार्पण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रद्वारा लिखित