मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ३ : १९ बजे

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ

दक्षिण अफ्रिकी सङ्गठनहरूद्वारा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा

एजेन्सी– दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ

पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी – पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार

बंगलादेशमा आईपीएल प्रसारण गर्न प्रतिबन्ध

ढाका- बंगलादेश सरकारले देशमा इन्डियन प्रिमियर लीग (आईपीएल) को प्रसारणमा

स्थानहद फुकुवापछि ओलीले चुनावी प्रचार गर्ने बाटो खुल्यो, विदेश पनि जान पाउने

काठमाडौं- गत भदौ २३ र २४ भएको जेन-जी आन्दोलनसम्बन्धी घटनाको