क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न  « Khabarhub

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न 


१२ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयु) को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिबारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सञ्चालन गरिएको थियो ।

परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगन्ज उपमहानगरपालिका र मधेस प्रदेशबाट बर्दिबास नगरपालिका मध्येबाट छानिएका चार विद्यालयका १२ जना फोकल शिक्षक, शिक्षिका तथा स्थानीय युवा समूहका चार जना प्रविधित्व हुने गरी जम्मा २४ जनालाई प्लास्टिक फोहोरमैला व्यवस्थापन विभिन्न विषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो ।

गोष्ठीमा सहभागी भएकाहरूलाई परियोजनाको विषयमा विस्तृत जानकारी गराइनुका साथै सञ्चारको आधारभुत ज्ञान, परियोजनाका सञ्चार दिशानिर्देशहरू, सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने, वित्तीय रिपोर्टिङ, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता विकास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : ५९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व