क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न  « Khabarhub

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयु) को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिबारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सञ्चालन गरिएको थियो ।

परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगन्ज उपमहानगरपालिका र मधेस प्रदेशबाट बर्दिबास नगरपालिका मध्येबाट छानिएका चार विद्यालयका १२ जना फोकल शिक्षक, शिक्षिका तथा स्थानीय युवा समूहका चार जना प्रविधित्व हुने गरी जम्मा २४ जनालाई प्लास्टिक फोहोरमैला व्यवस्थापन विभिन्न विषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो ।

गोष्ठीमा सहभागी भएकाहरूलाई परियोजनाको विषयमा विस्तृत जानकारी गराइनुका साथै सञ्चारको आधारभुत ज्ञान, परियोजनाका सञ्चार दिशानिर्देशहरू, सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने, वित्तीय रिपोर्टिङ, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता विकास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ५ : ५९ बजे

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक