तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु « Khabarhub

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थित तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

 नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुषाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

 घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ६ : ४२ बजे

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन– विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि

महाकाली पारिका मेयरलाई प्रश्न- सीमावर्ती नेपाली कस्तो जीवन बाँचेका छन् ?

राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले