वडा कार्यालयद्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन « Khabarhub

वडा कार्यालयद्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भोजपुर । आमचोक गाउँपालिका वडा नं ८ ले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यसहित वडा कार्यलयको व्यवस्थापनमा लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो ।

‘लोकसेवा तयारी, नयाँ पुस्ताको जिम्मेवारी’ भन्ने मूल नाराकासाथ वैशाख २६ गते सुरु भएको लोकसेवा तयारी कक्षा शनिबार सम्पन्न भएको छ । १५ जना विद्यार्थीहरुले नियममित रुपमा उक्त कक्षामा सहभागी भएका थिए । बिहीबार विद्यार्थीहरुबीच लोक सेवाको नमुना परीक्षा समेत सञ्चालन गरिएको वडा अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई समापन कार्यक्रममा पुरस्कृत गर्नुका साथै लोकसेवा तयारी पाठ्यपुस्तक समेत वितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले वडाभित्रका शिक्षित बेरोजगार युवायुवतीलाई सरकारी सेवाप्रति आकर्षण गर्नका लागि निशुल्क रुपमा कक्षा सञ्चालन गरिएको बताए । उनले आफ्नो तयारीलाई मजबुत बनाउन समेत विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

उनले भने, ‘अबका नयाँ पुस्ता सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवामा समर्पित भई देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता छ । लोकसेवा भनेको सरकारी सेवा प्रवेश गर्ने प्रवेशद्वार रहेकाले वडा कार्यालयले लोकसेवा तयारी कक्षा संचालन गरेको हो । यो कक्षाबाट वडाले पनि लोकसेवा तयारी कक्षा संचालन गर्न सक्छ भन्ने विषयको परीक्षण सफल भएकाले आगामी दिनमा पनि वडाले यस्तै नयाँ तथा उपयुक्त कार्यक्रमलाई निरन्तरता दिनेछ।’

लोकसेवा तयारी गर्न काठमाडौं गएर पढ्नुपर्ने बाध्यतालाई चिर्न यो कार्यक्रम सफल तथा प्रभावकारी भएको विद्यार्थी रिता दर्जीले बताइन् । अनुभवी प्रशिक्षकहरुद्वारा विद्यार्थीहरुलाई लोकसेवा सम्बन्धी कक्षा दिइएको वडा सचिव सुदिप पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ९ : १३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष