वडा कार्यालयद्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन | Khabarhub Khabarhub

वडा कार्यालयद्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर । आमचोक गाउँपालिका वडा नं ८ ले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यसहित वडा कार्यलयको व्यवस्थापनमा लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो ।

‘लोकसेवा तयारी, नयाँ पुस्ताको जिम्मेवारी’ भन्ने मूल नाराकासाथ वैशाख २६ गते सुरु भएको लोकसेवा तयारी कक्षा शनिबार सम्पन्न भएको छ । १५ जना विद्यार्थीहरुले नियममित रुपमा उक्त कक्षामा सहभागी भएका थिए । बिहीबार विद्यार्थीहरुबीच लोक सेवाको नमुना परीक्षा समेत सञ्चालन गरिएको वडा अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई समापन कार्यक्रममा पुरस्कृत गर्नुका साथै लोकसेवा तयारी पाठ्यपुस्तक समेत वितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले वडाभित्रका शिक्षित बेरोजगार युवायुवतीलाई सरकारी सेवाप्रति आकर्षण गर्नका लागि निशुल्क रुपमा कक्षा सञ्चालन गरिएको बताए । उनले आफ्नो तयारीलाई मजबुत बनाउन समेत विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

उनले भने, ‘अबका नयाँ पुस्ता सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवामा समर्पित भई देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता छ । लोकसेवा भनेको सरकारी सेवा प्रवेश गर्ने प्रवेशद्वार रहेकाले वडा कार्यालयले लोकसेवा तयारी कक्षा संचालन गरेको हो । यो कक्षाबाट वडाले पनि लोकसेवा तयारी कक्षा संचालन गर्न सक्छ भन्ने विषयको परीक्षण सफल भएकाले आगामी दिनमा पनि वडाले यस्तै नयाँ तथा उपयुक्त कार्यक्रमलाई निरन्तरता दिनेछ।’

लोकसेवा तयारी गर्न काठमाडौं गएर पढ्नुपर्ने बाध्यतालाई चिर्न यो कार्यक्रम सफल तथा प्रभावकारी भएको विद्यार्थी रिता दर्जीले बताइन् । अनुभवी प्रशिक्षकहरुद्वारा विद्यार्थीहरुलाई लोकसेवा सम्बन्धी कक्षा दिइएको वडा सचिव सुदिप पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ९ : १३ बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक