सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित | Khabarhub Khabarhub

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई प्रधान कार्यालयमा सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पौडेललाई सगरमाथा आरोहण गर्न पठाइएको स्मरण गर्दै, ‘यो सगरमाथा आरोहण मात्र होइन, सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनका लागि सीमा अनुगमन पनि हो ।’

उनले आरोहण सफलताका लागि योगदान गरेका मिङ्मा डेबिड शेर्पालाई मायाको चिनो प्रदान गरे ।

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको सङ्गठनको झण्डा महानिरीक्षक अर्याललाई हस्तान्तरण गरे । साथै उनले सगरमाथा आरोहणको अनुभवसमेत सुनाएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १० : ५१ बजे

जंगली च्याउ खाँदा पाँच जना बिरामी

तनहुँ– तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्

अस्थिर पाकिस्तानको ओरालो क्रिकेट यात्रा

इमरान खान नेतृत्वको पाकिस्तान संसारका लागि एउटा आकर्षण थियो। इन्जमाम

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

संसदीय प्रणालीमा तेस्रो दलको नेतृत्व कति नैतिक ?

काठमाडौं – राजनीति भनेको गणितीय जोड–घटाउमात्रै होइन । यसभित्र लोकतान्त्रिक

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन