प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने छ ।

आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा सांसदरुहले विभिन्न मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी आजको बैठकमा विनियोजन विधेयक, २०८१ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुल सम्बन्धी विधेयक विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ४६ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ