कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी « Khabarhub

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । आज बिहान भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि दुवै टोली अंक बाँड्न बाध्य भएका थिए । यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ ।

आजै भएको समूहको पहिलो खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : १७ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त