रंगेली नगरपालिकाको बजेट ७२ करोड « Khabarhub

रंगेली नगरपालिकाको बजेट ७२ करोड


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१-०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे । सभाले चालु तर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ ।

 चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेको छ । 

आय तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १४ करोड ७० लाख, शसर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपूरक अनुदान तर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी राजश्व तर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँडबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् । 

त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय शसर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायिक समिति १३ लाख १५ हजार, पशुपक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताए ।

त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय ससर्त ३ करोड ८८ लाख, संघीय समपूरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ । नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेललाई उत्कृष्ट कार्य गरेबापत सम्मान समेत गरिएको थियो ।

रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो । नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखिएको जानकारी दिए।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ३९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।