ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए « Khabarhub

ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल सजाय काटेर जेलबाट छुटेका व्यक्ति मानव बेचबिखनमा संलग्न भएको खुलेको छ।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेर निस्किएका ललितपुरका ४२ वर्षीय मनोज महर्जनलाई प्रहरीले महिलालाई दुबई लगेर बेचेको आरोपमा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई एकजना महिलालाई उनले बेचेको खुलेको छ । ललितपुर महानगरपालिका-८ बस्दै आएका ४२ वर्षीय महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई गौशालाबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

उता उनले दुबई लगेर बेचिएकी पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय र सहकार्यमा दुवईबाट गत चैत १९ गते नै उद्धार भइसकेको छ ।

अनुसन्धानका क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भनेर बेचिदिएका थिए । उनले २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुबईमा पुर्‍याएका थिए ।

त्यहाँ उनलाई घरेलु कामदार पठाउने एजेन्टको कार्यलयमा लगी बेचबिखन गरिदिएका थिए । त्यसपछि ती एजेन्टले एउटा घरमा बेचिदिएपछि शारीरिक तथा मानसिक यातना दिई बिनापारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा खटाएको अनुसन्धानबाट खुलेको छ ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५२ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा