प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’ | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सांसद्‌ रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको काम गराइबाट स्वयम्‌ सन्तुष्ट भए/नभएबारे प्रश्न सोधेका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्‌ पन्तले गरिरहेको कामबाट सांसद्‌ र जनता सन्तुष्ट हुन नसकेको बताए ।

‘प्रधानमन्त्रीले सरकारबाट काम गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद्‌ र जनताचाहिँ सन्तुष्ट हुन सकेका छैनौं,’ पन्तले भने, ‘प्रधानमन्त्रीज्यू कति सन्तुष्ट हुनुहुन्छ ?’

उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष !
सांसद्‌ पन्तले बढिरहेको चालु खर्च घटाउन उपराष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष एउटै हुने व्यवस्थामा जान सकिनेबारे प्रधानमन्त्रीको धारणा माग गरेका छन्‌ ।

‘राष्ट्रपतिले ४/५ जना सल्लाहकार राख्ने प्रथा घटाउनेगरी कानून ल्याउने विषयमा उहाँको विचार के छ ?  निर्वाचन प्रणालीले पनि अस्थिरता बढाएको भनी प्रश्न उठिरहेको छ, यसबारे उहाँको विचार के छ ?’ पन्तले थप प्रश्न सोधे, ‘सोह्रौं योजना हेर्दा यो योजना कार्यान्वयनलाई बल पुर्‍याउनेगरी विभिन्न मन्त्रालयको शीर्षकमा बजेट विनियोजन भएको उचित देखिएन, यसबारे प्रधानमन्त्रीज्यूको धारणा के छ? जान्न चाहन्छु ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ३१ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका