प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’ « Khabarhub

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सांसद्‌ रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको काम गराइबाट स्वयम्‌ सन्तुष्ट भए/नभएबारे प्रश्न सोधेका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्‌ पन्तले गरिरहेको कामबाट सांसद्‌ र जनता सन्तुष्ट हुन नसकेको बताए ।

‘प्रधानमन्त्रीले सरकारबाट काम गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद्‌ र जनताचाहिँ सन्तुष्ट हुन सकेका छैनौं,’ पन्तले भने, ‘प्रधानमन्त्रीज्यू कति सन्तुष्ट हुनुहुन्छ ?’

उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष !
सांसद्‌ पन्तले बढिरहेको चालु खर्च घटाउन उपराष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्ष एउटै हुने व्यवस्थामा जान सकिनेबारे प्रधानमन्त्रीको धारणा माग गरेका छन्‌ ।

‘राष्ट्रपतिले ४/५ जना सल्लाहकार राख्ने प्रथा घटाउनेगरी कानून ल्याउने विषयमा उहाँको विचार के छ ?  निर्वाचन प्रणालीले पनि अस्थिरता बढाएको भनी प्रश्न उठिरहेको छ, यसबारे उहाँको विचार के छ ?’ पन्तले थप प्रश्न सोधे, ‘सोह्रौं योजना हेर्दा यो योजना कार्यान्वयनलाई बल पुर्‍याउनेगरी विभिन्न मन्त्रालयको शीर्षकमा बजेट विनियोजन भएको उचित देखिएन, यसबारे प्रधानमन्त्रीज्यूको धारणा के छ? जान्न चाहन्छु ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ३१ बजे

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष