राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए | Khabarhub Khabarhub

राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए

जसको नेतृत्वमा अफगानिस्तानले विश्वकपमा रच्यो इतिहास


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


29.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानका कप्तान राशिद खानले क्रिकेटका तीन फर्म्याटमा आफ्नो जादु देखाइरहेका छन् ।

उनले आफ्नो खेल करिअरमा कयौँ उल्लेखनीय उपलब्धि पनि हाँसिल गरेका छन् । मंगलबार बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानलाई टी-२० विश्वकपको सेमिफाइनलमा पुर्‍याउँदा उनी एक्लैले चार विकेट झारे ।

उनीसँगै अफगानिस्तानका नवीन उल हकले पनि समान चार विकेट लिए । ब्याटिङतर्फ पनि राशिदले १९ रन बनाउन सफल भए । यो विश्वकपमा पनि आफ्नो जादु चलाइरहेका राशिदले अफगानिस्तानका लागि इतिहास रच्दै गर्दा उनका साथीहरूले बोकेर मैदानमा घुमाए ।

आज विश्वकै एक जादुयी बलरका रुपमा चिनिएका राशिद कुनै बेला शरणार्थी क्याम्पमा बस्थे । उनले आफ्नो ज्यान बचाउन अफगानिस्तान छोडेर भाग्नु परेको थियो ।

राशिद खानको का जन्म सन् १९९८ मा पूर्वी अफगानिस्तानको नानगरमा भएको थियो । उनी जलालाबादबासी थिए । राशिदका १० जना दिदीभाइ छन् ।

राशिद खानको जीवनमा एक ठूलो आँधीहुरी सन् २००१ मा आयो जब अफगानिस्तानमा तालिबान र अमेरिकाबीच भीषण युद्ध सुरु भयो ।

त्यसक्रममा अफगान नागरिहरूलाई आफ्नो ज्यान आफैं जोगाउनुपर्ने बाध्यता थियो । मानिसहरूमा भयको माहोल थियो । अमेरिकाले आक्रमण थालेपछि मानिसहरू ज्यान बचाउन देशबाट पलायन हुन थालेका थिए ।

उनले शरणार्थीका रुपमा पाकिस्तानमा आमाबुवा र परिवारसहित शरण लिन विवश हुनुपरेको थियो । युद्धले अफगानिस्तान छोडेर जानेमध्ये एकजना उनै राशिद खान अहिले विश्वका दिग्गज ब्याटरका लागि टाउको दुखाइ बनेका छन् ।

पाकिस्तानमा आमाबुवासहित शरण लिँदा राशिदको उमेर केबल ३ वर्ष मात्रै थियो । शरणार्थी क्याम्पमा उनको जीवन जसोतसो अघि बढेको थियो। उनका आमाबुवा छोरालाई डाक्टर बनाउन चाहन्थे । माता-पितासँगै राशिद खान शरणार्थी क्याम्पमा भए पनि उनका सपना ठूला थिए ।

पाकिस्तानमै हुँदा राशिदले क्रिकेट खेल्न थाले । विस्तारै उनी पाकिस्तानस्थित पेशावरको गल्लीमा बल समात्दै आफूलाई तिखार्न थाले ।

पाकिस्तानमा शरणार्थी जीवन बिताइसकेपछि युद्ध केही शिथिल हुँदा उनको परिवार अफगानिस्तान फर्कियो । देशमै नयाँ जीवन सुरु गर्न उनको परिवार अफगानिस्तान फर्कियो । राशिदले आफ्नो स्कुल शिक्षा जारी राखे । राशिद आफ्ना भाइहरूसँग क्रिकेट खेल्दै हुर्किए । उनको बलिङ शैलीलाई पाकिस्तानी अलराउन्डर शाहिद अफरिदीसँग तुलना गरिन्छ।

राशिदका माता-पिता छोरलाई पढाएर डाक्टर बनाउन चाहन्थे । तर राशिदको भाग्यमा अर्कै कुरा लेखिएको थियो ।

विस्तारै क्रिकेटमा लगाव बढाउँदै उनले पढाईलाई पनि निरन्तरता दिए । तर उनको लगाव पढाईमा भन्दा धेरै क्रिकेटप्रति बढ्न थाल्यो ।

अलग-अलग खेलमा केही शानदार पारी खेलेसँगै यस्तो समय आयो उनले घरेलु क्रिकेटमा इन्ट्री मारे । यस्तोमा अब परिवारलाई पनि उनको क्रिकेटमा करिअर बनाउने कोसिसमा कुनै गुनासो बाँकी रहेन ।

सन् २०१५ मा राशिदको जीवनमा एउटा टर्निङ प्वाइन्ट आयो । जसलाई राशिदको जीवनमा सबैभन्दा ठूलो पल पनि भनिन्छ । सन् २०१५ मा अफगानिस्तानले उनलाई राष्ट्रिय टोलीमा सहभागी गरायो । उनले सन् १०२६ अक्टोबर १८ मा देशका लागि पहिलो एक दिवसी म्याच खेले ।

यस खेलमा उनले ८ रन जोडे भने १ विकेट पनि लिए । यो खेलपछि उनले कहिल्यै खेल करिअरबाट पछि फर्किनु परेन। वर्तमानमा उनी अफगान टोलीका कप्तान छन् ।

आईपीएलमा पनि दबदबा

राशिद खानको जादु इन्डियन प्रिमियर लिगमा पनि देख्न पाइन्छ । राशिद खान इन्डियन प्रिमियर लीगमा अहमदाबाद फ्रेन्चाइजीको प्रतिनिधित्व गर्छन् ।

लेग स्पिन बलिङमा माहिर उनले सन् २०१७ मा आईपीएलमा डेब्यू गरेका थिए । उनले ११ खेलमा भाग लिँदै २०.९७ को औसतले १४१ विकेट लिइसकेका छन् । उनले त्यसक्रममा प्रतिओभर लगभग ६.७१ रन दिएका छन् ।

अक्टोबर सन् २०१५ मा जिम्बाब्वेविरुद्ध केबल १७ वर्षको उमेरमा एक दिवसीयमा डेब्यू गरेका राशिदले तीव्र गतिमा कयौँ रेकर्ड आफ्नो नाममा लेखाए ।

यस क्रममा उनले जिम्बाब्वेविरुद्ध आफ्नो टी२० डेब्यू पनि गरे । अफगानिस्तान क्रिकेट टोलीले एसोसिएट मान्यता पाएसँगै उनले भारतमा कयौँ खेल खेले ।

राशिदको आम्दानी

सन् २०२४ मा राशिद खानको कुल सम्पत्ति ४ मिलियन अमेरिकी डलर रहेको बताइन्छ । जुन करिब ५४ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ । उनको आम्दानी मुख्य रुपमा क्रिकेट करिअर र एन्डोर्समेन्ट सम्झौताबाट आउँछ ।

टी-२० विश्वकप २०२४ मा अफगानको शानदार प्रदर्शन जारी छ । टी-२० विश्वकपमा अफगानिस्तानले राशिद खानको नेतृत्वमा शानदार प्रदर्शनसहित सेमिफाइनल यात्रा गरेको छ।

उसले सेमिफाइनल यात्राका क्रममा सुपर ८ मा अस्ट्रेलिया र बंगलादेशलाई हराएको छ । अब उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ४९ बजे

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा

युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध 

काठमाडौं– युवा संघको भागमा आठ जना प्रतिनिधि परेको तर सबै

मेचीनगरका तोरीखेती गर्ने किसानलाई अनुदान

झापा– मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार

एमाले अध्यक्ष ओली कांग्रेस कार्यालय सानेपामा

काठमाडौं– नयाँ सत्ता समीकरणमा सहमति भएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी

एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

काठमाडौं– माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको