एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने « Khabarhub

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । 

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । 

परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ५४ बजे

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद