राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग « Khabarhub

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने बताएकी छन्।

राप्रपाको सुस्त संगठन संरचना र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष महाधिवेशन गर्न हिच्किचाउनु नहुने उनले बताइन् । यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाले गरेकी हुन् ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिहेको छैन, गुट-उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ उनले मंगलबार भनेकी छन् ।

थापाले पार्टीलाई नयाँ जीवन दिन आवश्यक भइसकेको बताएकी छन् । ‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिच्किचाउनु हुँदैन,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : २० बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका