बालविवाह न्यूनिकरण गर्न २० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार | Khabarhub Khabarhub

बालविवाह न्यूनिकरण गर्न २० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाइन बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । 

‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ’, नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे। 

नगरपालिकाले सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ ।

कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ५३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले