मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया  | Khabarhub Khabarhub

मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् । जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् ।

मुख्यमन्त्री सिंह प्रतिष्ठानका कुलपति समेत हुन् । मुख्यमन्त्री सिंहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको र त्यसपछि उनी सामान्य अवस्थामा कामकाजमा फर्किसकेको शल्यक्रियामा संलग्न सर्जन डा. अश्विनी यादवले बताए ।

शल्यक्रियामा उनीलगायत अर्का सर्जन डा.राकेश पण्डित, एनेस्थेस्टिक डा. सञ्जय यादव र डा. सन्दीप शर्मालगायतको समूह संलग्न थियो ।

शल्यक्रियाअघि मुख्यमन्त्री सिंहले अस्पतालका विभिन्न सेवा निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाइ व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहलाई अस्पतालको वस्तुस्थितिबारे प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवलगायतले जानकारी गराएका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : २५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले