मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया  « Khabarhub

मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् । जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् ।

मुख्यमन्त्री सिंह प्रतिष्ठानका कुलपति समेत हुन् । मुख्यमन्त्री सिंहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको र त्यसपछि उनी सामान्य अवस्थामा कामकाजमा फर्किसकेको शल्यक्रियामा संलग्न सर्जन डा. अश्विनी यादवले बताए ।

शल्यक्रियामा उनीलगायत अर्का सर्जन डा.राकेश पण्डित, एनेस्थेस्टिक डा. सञ्जय यादव र डा. सन्दीप शर्मालगायतको समूह संलग्न थियो ।

शल्यक्रियाअघि मुख्यमन्त्री सिंहले अस्पतालका विभिन्न सेवा निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाइ व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहलाई अस्पतालको वस्तुस्थितिबारे प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवलगायतले जानकारी गराएका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : २५ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित