‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’  « Khabarhub

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’ 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सभापतिलाई सहकारी ठगीबाट जोगाउने चिन्तामा रहेको पार्टीले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । 

‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने,’ महामन्त्री शर्माले भने, ‘एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

उनले नेकपा एमाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि–स्टेट प्रकरणबाट जोगाउन लागिपरेको पनि आरोप लगाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री दाहालको ध्यान गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : ०६ बजे

एकै दिन १८ वटा विपदका घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज ब्रेक : सोमबार दुई खेल हुँदै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार

सुनसरीको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै

सुनसरी– बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले