‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’  « Khabarhub

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’ 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सभापतिलाई सहकारी ठगीबाट जोगाउने चिन्तामा रहेको पार्टीले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । 

‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने,’ महामन्त्री शर्माले भने, ‘एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

उनले नेकपा एमाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि–स्टेट प्रकरणबाट जोगाउन लागिपरेको पनि आरोप लगाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री दाहालको ध्यान गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : ०६ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा