चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना ल्यायो | Khabarhub Khabarhub

चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना ल्यायो


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना पृथ्वीमा ल्याएको छ । मानवरहित अन्तरिक्ष यान चाङ्ग’ई-६ चन्द्रमाबाट करिब दुई महिनापछि भित्री मङ्गोलियाको मरुमूमिमा अवतरण भएको हो ।

वैज्ञानिकहरूले चाङ्ग’ई-६ मिसन चन्द्रमा अध्ययनका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । किनकी त्यहाँबाट ल्याइएको नमूनाले ग्रहहरूको निर्माणबारे कयौं महत्वपूर्ण सवालको जवाफ मिल्ने उनीहरूको भनाइ छ ।

हालसम्म चीनले मात्रै चन्द्रमाको दोस्रो भागमा यान अवतरण गराउन सकेको छ । सन्‌ २०१९ मा चीनले पहिलोपटक यस्तो चन्द्र मिसन सफल पारेको थियो ।

चाङ्ग’ई-६ मिसन चीनका लागि यसकारण पनि महत्वपूर्ण छ, किनकी यो मिसनको सफलतामार्फत उसले आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई चुनौती दिन सक्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चाङ्ग’ई-६ मिसनको कमाण्ड सेन्टरका वैज्ञानिक एवम्‌ कर्मचारीहरूलाई फोन गरेर बधाई दिएका छन्‌ । अन्तरिक्ष अभियानमा चीनले जारी राख्ने उनले बताएका छन्‌ ।

स्कटल्याण्डका खगोलशास्त्री क्याथरिन हेमैन्सले चीनले चन्द्रमाबाट ल्याएको नमूनाले ४.५ अर्ब वर्ष पहिले चन्द्रमा कसरी बनेको थियो भन्ने जानकारी प्राप्त हुने बताएका छन्‌ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ५८ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ