प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता  « Khabarhub

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छुट सम्झौता 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकका कर्मचारीलाई ललितपुरमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।

मंगलबार एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीले कर्मचारी मान्य परिचयपत्रको आधारमा क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त समारोहमा महिला कर्मचारीलाई स्तन र पाठेघरको क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह