मकवानपुरका नौ पालिकाले ल्याए बजेट « Khabarhub

मकवानपुरका नौ पालिकाले ल्याए बजेट


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट घटाएर ल्याएका छन् । 

मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समयभित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन । 

सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए । 

आर्थिक तरलता, राजस्व संकलनमा गिरावट, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरूले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि ९० करोड १३ हजारको बजेट ल्याएको छ । 

यो चालु आवको तुलनामा तीन करोड कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ६१ लाख ७३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार र पूँजीगततर्फ २१ करोड २० लाख पाँच हजार छ सय २३ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे । 

मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि ४८ करोड ७८ लाख ६७ हजारको बजेट प्रस्तुत गरे। मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा रु चार करोड छ लाख ७६ हजार बजेट घटाएर ६२ करोड दुई लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ । 

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका  लागि ७४ करोड ३६ लाख ७३ को बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा रु एक करोड घटाएर बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : २२ बजे

पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू)

पोखरा– पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको

कोरलास्थित सीमाक्षेत्रमा नेपाल–चीन संयुक्त गस्ती

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका

पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई

एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बाँस्कोटा

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका