स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ? « Khabarhub

स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ?


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले जसिता गुरुङसँग माफी मागेका छन् ।

सोमबार एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा आफूबारे गरिएको टिप्पणीलाई लिएर जसिताले आपत्ति जनाएपछि उनीहरूले माफी मागेका हुन् ।

ओसिन सिटौला प्रस्तोता रहेको कार्यक्रमका अतिथि नायिका स्वस्तिमा र साम्राज्ञीले अन्तर्वार्तामा जसितालाई नायक अनमोल केसीको प्रेमिकाका रूपमा चिनाएका थिए ।

उनीहरूले अनमोलसँगै जसिताले अन्य दुई व्यक्तिहरूसँग पनि सम्बन्ध बनाएको चर्चा गरेका थिए ।

उनीहरूको अभिव्यक्तिलाई लिएर जसिताले आपत्ति जनाइन् । र, उनले नायिकद्वय र कार्यक्रम प्रस्तोतालाई महिलालाई हेर्ने दृष्टिकोण यही हो भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिन् ।

जसिताले सार्वजनिक रुपमा आपत्ति जनाएपछि यी दुई नायिकाले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो । र, धेरै उत्साहजनक रुपमा प्रकट भयो, तिमी सधैँ मेरो लागि धेरै राम्रो साथी छौँ, एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउनेबारे नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरूको यो द्रूत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाबारे सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसितालाई जवाफ दिँदै लेखेकी छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि