स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ? « Khabarhub

स्वस्तिमा र साम्राज्ञीले जसितासँग किन मागे माफी ?


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मीले जसिता गुरुङसँग माफी मागेका छन् ।

सोमबार एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा आफूबारे गरिएको टिप्पणीलाई लिएर जसिताले आपत्ति जनाएपछि उनीहरूले माफी मागेका हुन् ।

ओसिन सिटौला प्रस्तोता रहेको कार्यक्रमका अतिथि नायिका स्वस्तिमा र साम्राज्ञीले अन्तर्वार्तामा जसितालाई नायक अनमोल केसीको प्रेमिकाका रूपमा चिनाएका थिए ।

उनीहरूले अनमोलसँगै जसिताले अन्य दुई व्यक्तिहरूसँग पनि सम्बन्ध बनाएको चर्चा गरेका थिए ।

उनीहरूको अभिव्यक्तिलाई लिएर जसिताले आपत्ति जनाइन् । र, उनले नायिकद्वय र कार्यक्रम प्रस्तोतालाई महिलालाई हेर्ने दृष्टिकोण यही हो भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिन् ।

जसिताले सार्वजनिक रुपमा आपत्ति जनाएपछि यी दुई नायिकाले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो । र, धेरै उत्साहजनक रुपमा प्रकट भयो, तिमी सधैँ मेरो लागि धेरै राम्रो साथी छौँ, एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउनेबारे नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरूको यो द्रूत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाबारे सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसितालाई जवाफ दिँदै लेखेकी छन् ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३० बजे

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा