अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो | Khabarhub Khabarhub

अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसी टी–ट्वान्टी विश्वकप अन्तरगत बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

आईसीसी ट्रफी इभेन्टमा पहिलो पटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका लागि यो उपलब्धि कयौं कोणबाट अहम् र ऐतिहासिक मानिन्छ ।

अफगानिस्तानले जारी प्रतियोगिताको सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । उसले न्युजिल्यान्ड र अस्ट्रेलियाजस्ता बलिया टोलीलाई पराजित गरेर आफ्ना शुभचिन्तकहरुलाई खुशी बनाएको थियो ।

त्यसपछि मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
टी–ट्वान्टी विश्वकपबाट ५० ओभरको च्याम्पियन राष्ट्र अस्ट्रेलिया सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

उसलाई भारतले सोमबार राति २४ रनले हराएको थियो । मंगलबार बिहानको खेलमा अफगानिस्तानले टस जितेर बंगलादेशलाई बलिङका लागि आमन्त्रण गरेको थियो ।

यद्यपि, अफगानिस्तानको टिम २० ओभरमा ५ विकेट गुमाउँदै मात्र ११५ रनमा समेटिन पुगेको थियो । बंगलादेशका तर्फबाट सबैभन्दा बढी रिशाद हुसेन अफगानिस्तानका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काउन सफल भएका थिए ।

वर्षाका कारण म्याचमा अवरोध उत्पन्न भएको थियो । जसका कारण बंगलादेशी टिमलाई डकवर्थ लुइस नियमको आधारमा १९ ओभरमा ११४ रनको टार्गेट दिइएको थियो । तर, अफगानिस्तानी टिमको धारिलो बलिङका अगाडि बंगालादेशी टिम १०५ रनमा समेटिन पुग्यो ।

अफगानिस्तानका लागि नवीन उल हक र राशिद खानले समान चार–चार विकेट लिए । यद्यपि, बंगलादेशका लागि ५४ रनको शानदार पारी खेलेका लिटन दासले टिमलाई हारबाट बचाउन सकेनन् ।

आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनल बुधबार र दोस्रो सेमिफाइनल बिहीबार हुने छ । पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका तथा दोस्रो सेमिफाइनलमा भारत र इग्ल्यान्डबीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने छ ।

असार १५ अर्थात आगामी शनिबार वेष्टइन्डिजको ब्रिजटाउनमा आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल प्रतिष्पर्धा हुनेछ ।

कप्तान राशिदले के भने ?

बंगलादेशसँगको खेलमा विजयी भएपछि अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपको सेमिफाइनल आफ्ना लागि सपना जस्तो भएको प्रतिक्रिया दिए ।

‘हाम्रो टिका लागि सेमिफाइनलमा पुग्नु सपना जस्तो हो । प्रतियोगिताको सुरुवात भएसँगै सपना देख्न सुरु गरेका थियौँ,’ उनले भने, ‘हामीले न्युजिल्यान्डलाई हरायौँ, हामीमा आत्मविश्वास बढ्यो । मसँग बयान गर्नका लागि शब्द नै छैन ।’

राशिदले टिमका लागि सबै खेलाडीले शानदार प्रदर्शन गरेको र जीतका लागि अफगानिस्तानको तीब्र बलिङ महत्वपूर्ण सावित भएको पनि बताए ।

‘सबैले शानदार खेल प्रदर्शन गरेका छन् । हाम्रो तीब्र बलिङ महत्वपूर्ण साबित भयो, उनले भने, ‘सेमिफाइनलमा पुग्नु नै ठूलो कुरा हो । देशलाई हामी प्रति गर्व छ ।’

प्लेयर अफ द म्याच बनेका तीब्र बलर नवीन उल हकले आजको दिनका लागि कडा मेहनत गरिएको प्रतिक्रिया दिए ।

‘हामीले केही वर्षबाट कडा मेहनत गरिरहेका थियौँ,’ उनले भने, ‘हामी आजको दिनका लागि सपना देखिरहेका थियौँ, र काम पनि गरिरहेका थियौँ ।’

बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले अफगानिस्तानसँगको खेलमा आफ्नो टिमको बलिङ पंक्ति राम्रो भए पनि ब्याटिङमा लिइएको गलत निर्णयले पराजय व्यहोर्नु परेको बताए ।

उनले भने, ‘मलाई लाग्छ कि हामीले राम्रै बलिङ गरेका छौँ । ब्याटिङमा हामीले केही गलत निर्णय लियौँ, विशेष गरी बीचको ओभरमा ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३७ बजे

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित कपडा पसलमा बिहीबार

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी