आजका समाचार : बजेट पारित, कोशीमा हिक्मतको सरकार जोगियो, मामाले लुटे भान्जाको घर  | Khabarhub Khabarhub

आजका समाचार : बजेट पारित, कोशीमा हिक्मतको सरकार जोगियो, मामाले लुटे भान्जाको घर 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।


‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

विदेशस्थित कूटनीतिक नियोग परिचालन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो बजेट
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।


प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट आर्थिक विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

मंगलबार अन्तिम बहस सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिट नै खारेज गरिदिएको हो ।


सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्किने सम्भावना थियो । तर रिट खारेज हुने फैसला आएकाले वर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले निरन्तरता पाएका छन् ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो ।

अक्षर टुक्र्याएर लेखिने व्याकरण खारेज गर्ने सर्वोच्चको फैसला

परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

पार्टी बलियो बनाऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’

जनजातिका माग पूरा गर्न पहल गर्नेछौँ  : सभापति देउवा

जब मामाकै योजनामा प्रहरीसमेत मिलेर लुटे भाञ्जाको घर
बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर गर्नु हुँदैन ।’ बुढापाकाहरूको यही उक्तिलाई पुष्टि गरिदिएका छन् पाँचपोखरी गाउँपालिका-२ सिन्धुपाल्चोकका कुलबहादुर खत्रीले ।

कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौं लुटपाट गरेका छन् । भाञ्जाको घर लुटपाट‍को योजना बनाएका उनी अहिले फरार छन् । तर उनको योजनामा लुटपाटमा जुटेका अरु सबैजना प्रहरीको फन्दामा परिसकेका छन् ।

अर्कातिर लुटपाटको योजना बनाएका कुलबहादुरले यसअघि दुई पटकसम्म आपराधिक घटनामा संलग्न भइसकेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइलीसहितलाई प्रयोग गरेको खुलेको छ ।

सीआईबीबाट आएको भनेर जसले लुटे दुई करोड रुपैयाँ, योजनाकार फरार

ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए

सिरहाको एक होटलमा युवक मृत फेला, साथमा आएकी महिला फरार

वैदेशिक रोजगारीमा लाखौँ ठगी, दुई जना पक्राउ

टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा
आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।


अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रनमा समेटिएको थियो । वर्षाले प्रभावित भएको खेल १९ ओभरमा झारिएको थियो । जसमा बंगलादेशले ११४ रनको लक्ष्य पाएको थियो ।

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का

इतिहास रचेपछि छचल्कियो अफगानी क्रिकेटरको खुसी

राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए

अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

अन्तराष्ट्रिय…

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार
संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगहीरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको ‘तीव्र चरण’ समाप्त भइरहेको बताएका थिए तर इजरायलले मंगलबार गाजामा पुनः बम प्रहार गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विद्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ।

इजरायलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार देशको रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिएका हुन् ।

केजरीवालको जमानतलाई उच्च अदालतले गरिदियो खारेज

जुलियन असान्ज बेलायतको जेलबाट रिहा

जलवायु परिवर्तनका कारण आगलागी बढ्दै

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५७ बजे

फ्रिक्वेन्सी बक्यौता विवाद स् पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापा– विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल