कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे  « Khabarhub

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन्। 

पार्टीले आदिवासी र जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा आफ्नो पहिचान गुमाउँदै गएको उनले उल्लेख गरे। 

‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातियताको मात्र कुरा गर्‍यो भन्ने लाग्छ। तर, त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ। पार्टीको पनि हुन्छ। नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ। 

सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कोसिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे।  संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहेपनि त्यसको अनुभुति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनको भनाइ छ। 

‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसुस गर्न सकिन्छ। थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जितमा परिणत गर्न सजिलै सकिन्छ। त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्दछ,’ उनले भने। 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ४४ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम