महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध | Khabarhub Khabarhub

महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

वेदकोट बोरामा माटो भरिएको छ । बास जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ । केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन् । कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन् ।

कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा केही दिनयता स्थानीय यसरी नै जैविक तटबन्ध निर्माणको काम गरिरहेका छन् । महाकाली र जोगबूढा नदीले घेरेर बाढी तथा कटानको जोखिममा रहेको कुतियाकबर बस्ती जोगाउन जैविक तटबन्ध निर्माणकार्य भइरहेको हो । 

दोधारा चाँदनी नगरपालिकाको दुई लाख ९५ हजार र अन्य केही संघसंस्था र स्थानीयको सहयोगमा जैविक तटबन्ध निर्माण भइरहेको स्थानीय ऐनबहादुर सुनारले बताए। 

‘कटानको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण भइरहेको हो । बर्सातमा महाकाली उर्लेर आउँछ, कटान गरेर खेतीयोग्य जमिन बगाएर लैजान्छ’, उनले भने, ‘जैविक तटबन्धले केही हदसम्म कटान रोक्ने विश्वाससहित यो काम गर्दैछौँ ।’ उनका अनुसार दुई साताभित्र जैविक तटबन्धनको काम सम्पन्न हुनेछ । 

कुतियाकबरबासीले महाकाली नदी र जोगबूढा नदीमा आउने बाढी र कटानले हरेक वर्ष सास्ती भोग्दै आएका छन् । यहाँ पक्की तटबन्धन नहुँदा अधिकांश नागरिकको खेतीयोग्य जमिन कटान गरेर बगर भएको छ । 

स्थानीय प्रेमबहादुर कार्कीले पक्की तटबन्धन निर्माणका लागि बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। 

‘महाकालीमा पक्की तटबन्ध निर्माण गरिनुपर्छ भन्ने कुतियाकबरवासीको एउटै माग हो । यसका लागि सम्बन्धित निकायमा धेरै धायौँ तर हाम्रो माग कसैले सम्बोधन गरेनन्’, उनले भने, ‘पक्की तटबन्ध निर्माण भए थप कटान हुन्थेन । समस्याको दीर्घकालीन समाधान पनि हुन्थ्यो ।’

पक्की तटबन्ध निर्माण नगर्दा बर्सेनि अस्थायी तटबन्ध बनाएर बजेट खेर गइरहेको उनको भनाइ छ । ‘पक्की तटबन्ध छैन, थोरै भए पनि कटान रोकथाम हुन्छ कि भनेर हरेक वर्ष यसैगरी अस्थायी तटबन्ध बनाउँछौँ तर बगेर खेर जान्छ । योभन्दा त एकमुष्ट पक्की तटबन्ध गरेर नागरिकको समस्या समाधान र सरकारको बजेटको सदुपयोग गरे हुन्थ्यो नि’, उनको सुझाव छ । 

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले स्थानीय तहको बजेटले मात्रै महाकालीमा पक्की तटबन्धन निर्माण गर्न नसकिने बताउनुभयो । पक्की तटबन्धन निर्माणका लागि प्रदेश र सङ्घ सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।’हाम्रो बजेटले मात्रै पक्की तटबन्ध निर्माण गर्न सकिँदैन । कटान रोकथामका लागि पक्की तटबन्ध नै अन्तिम विकल्प हो । यसमा प्रदेश र सङ्घ सरकारले गम्भीर बन्नुपर्छ’, उनले भने। 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ०२ बजे

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको

दुई दलको दबाब पर्दा पनि किन दिएनन् प्रधानमन्त्रीले राजीनामा ?

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार बेलुकादेखि सत्ता

दाताको भरमा समाजकल्याण परिषद् विस्तार गर्दै सरकार

काठमाडौं– समाज कल्याण परिषद् अब सातै प्रदेशमा विस्तार हुने भएको

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौं– प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता