दशैँ तिहार लक्षित सुपथ पसलले उपभोक्तालाई सहज (तस्बिरहरू) « Khabarhub

दशैँ तिहार लक्षित सुपथ पसलले उपभोक्तालाई सहज (तस्बिरहरू)


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको ‘सुपथ मूल्य पसल २०८२’ उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ । मूल्यवृद्धि र अनिश्चित बजार परिस्थितिका बीच, यस वर्ष उपभोक्ताले यहाँबाट राहत पाएको महसुस गरेका छन् ।

बागमती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख धर्म कुमारी राजवंशीका अनुसार, सुपथ मूल्य पसलको मुख्य उद्देश्य चाडपर्वमा उपभोक्तालाई सहज मूल्यमा खाद्यान्न उपलब्ध गराउनु हो ।


‘चाडको मौकामा कतिपय व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउने गर्छन् । त्यसलाई सन्तुलनमा ल्याउँदै आम उपभोक्तालाई राहत दिनु नै हाम्रो उद्देश्य हो,’ राजवंशीले बताइन् ।

उनका अनुसार यस वर्ष ५३ वटा वस्तु सुपथ मूल्य पसलमार्फत वितरण भइरहेको छ। चामलमा प्रति केजी पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, मसालामा १० रुपैयाँ र ऐतिहासिक (रैथाने) बालीहरूमा १० रुपैयाँसम्म छुट दिइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ४९ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय