६० केजी सुन तस्करी प्रकरणः दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार | Khabarhub Khabarhub

६० केजी सुन तस्करी प्रकरणः दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने छ ।”

दोस्रो चरणको अनुसन्धानका सिआइबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए ।

उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा सङ्लग्नहरुमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजी कार्य जारी छ । उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यसअघि सीआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ११ बजे

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ