जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने « Khabarhub

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ६ : ५१ बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार