खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना « Khabarhub

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

सोही कार्यक्रममा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी केशरमान राई र अर्थमान राईले दुई–दुई रोपनी जग्गा उपलब्ध गराएका हुन् । जग्गादाता राईद्वयलाई सम्मान गरिएको थियो ।

दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना भएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा गार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एक पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ७ : ०६ बजे

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

काठमाडौँ- आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक

भक्तपुर नगरव्यापी ‘दाफा’ प्रदर्शनी सम्पन्न

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा

ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

नेपालगञ्जस्थित प्लाइ उद्योगमा आगलागी, पाँच करोडको क्षति

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र