प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना « Khabarhub

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले भानुआतुमा राजदूतावास स्थापना गरेको छ । प्रशान्त महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले उक्त टापु राष्ट्रमा राजदूतावासको स्थापना गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले त्यस क्षेत्रमा कूटनीतिक उपस्थिती विस्तार गर्न एवम् प्रशान्त क्षेत्रका अन्य मुलुकहरुसँग थप सहकार्य गर्नका लागि राजदूतावास स्थापना गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले यसअघि सो क्षेत्रमा रहेका सोलोमन आइल्याण्ड र टोङ्गामा राजदूतावास स्थापना गरेको थियो ।

त्यसबाहेक प्रशान्त क्षेत्रमा रहेको अर्को मुलुक किरिबासमा पनि राजदूतावास स्थापना गर्ने योजना रहेको विदेश मन्त्रालयले जनाएको छ । किरिबासमा राजदूतावास स्थापनाका लागि संसदीय स्वीकृतिको पर्खाइमा रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

गत फेब्रुअरी महिनामा अमेरिकाले प्रशान्त क्षेत्रमा रहेका मुलुकहरुलाई चिनियाँ सुरक्षा बलको उपस्थिती स्वीकार नगर्न आग्रह गरेको थियो ।

प्रशान्त क्षेत्रमा रहेका किरिबास र सोलोमन आइल्याण्डमा चिनियाँ प्रहारी तैनाथ रहेको बताइन्छ ।

किरिबास अमेरिकी राज्य हवाई नजिकै पर्दछ । त्यसबाहेक भानुआतुमा सञ्चालित एक चिनियाँ कम्पनीमा कार्यरत कामदारले सैन्य पोशाक लगाएको भेटिएपछि सुरक्षा चिन्ता उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ११ : ०५ बजे

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा