प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना « Khabarhub

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले भानुआतुमा राजदूतावास स्थापना गरेको छ । प्रशान्त महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले उक्त टापु राष्ट्रमा राजदूतावासको स्थापना गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले त्यस क्षेत्रमा कूटनीतिक उपस्थिती विस्तार गर्न एवम् प्रशान्त क्षेत्रका अन्य मुलुकहरुसँग थप सहकार्य गर्नका लागि राजदूतावास स्थापना गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले यसअघि सो क्षेत्रमा रहेका सोलोमन आइल्याण्ड र टोङ्गामा राजदूतावास स्थापना गरेको थियो ।

त्यसबाहेक प्रशान्त क्षेत्रमा रहेको अर्को मुलुक किरिबासमा पनि राजदूतावास स्थापना गर्ने योजना रहेको विदेश मन्त्रालयले जनाएको छ । किरिबासमा राजदूतावास स्थापनाका लागि संसदीय स्वीकृतिको पर्खाइमा रहेको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

गत फेब्रुअरी महिनामा अमेरिकाले प्रशान्त क्षेत्रमा रहेका मुलुकहरुलाई चिनियाँ सुरक्षा बलको उपस्थिती स्वीकार नगर्न आग्रह गरेको थियो ।

प्रशान्त क्षेत्रमा रहेका किरिबास र सोलोमन आइल्याण्डमा चिनियाँ प्रहारी तैनाथ रहेको बताइन्छ ।

किरिबास अमेरिकी राज्य हवाई नजिकै पर्दछ । त्यसबाहेक भानुआतुमा सञ्चालित एक चिनियाँ कम्पनीमा कार्यरत कामदारले सैन्य पोशाक लगाएको भेटिएपछि सुरक्षा चिन्ता उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ११ : ०५ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका