बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह | Khabarhub Khabarhub

बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शंकास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘विभागमा दाखिला हुन आएका बरामद सवारिसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारिसाधन नेपाल सरकारको मातहतमा जाने छन् ।’ 

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताए। 

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारिसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका