यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू) « Khabarhub

यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली (तस्बिरहरू)


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ ।

माल्दिभ्सको मालेमा यू-२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो ।

च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेलेको थियो । जसमा नेपाल ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।

नेपाल फर्किएपछि यू–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको बताइन्। उनले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो नतिजा दिन नसकेको बताइन् ।

च्याम्पियनसिपबाट धेरै अनुभव भएकाले आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताएकी छन् ।

नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  २ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै