कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन « Khabarhub

कैलाली भन्सारले गर्‍यो सात अर्ब राजस्व संकलन


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो । 

 भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारिसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो । 

आव  २०८०-८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु २० करोड ४४ लाख र अन्य शुल्क बापत रु एक अर्ब ५२ करोड राजस्व संकलन भएको उनले बताए। 

भन्सार कार्यालयले आव २०८०-८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९-८० मा आठ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो । आव २०७८-७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७-७८ मा आठ अर्ब ८४ करोड संकलन भएको थियो ।

यसैगरी, आव २०७६-७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५-७६ मा पाँच अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : ४७ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र