मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित « Khabarhub

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मुम्बई- मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएको जनाइएको छ ।

उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ । यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिङ्क सार्वजनिक गर्दै  यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको  अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । 

यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ । एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ ।

बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ । 

बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । 

मुम्बईका पानी आपूर्ति  केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसा र मोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ । 

भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ ।

महाराष्ट्रमा जुलाई २६-२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ५ : ३३ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका