मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित | Khabarhub Khabarhub

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मुम्बई- मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएको जनाइएको छ ।

उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ । यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिङ्क सार्वजनिक गर्दै  यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको  अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । 

यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ । एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ ।

बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ । 

बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । 

मुम्बईका पानी आपूर्ति  केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसामोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ । 

भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ ।

महाराष्ट्रमा जुलाई २६-२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरीसिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ५ : ३३ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ