मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित « Khabarhub

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मुम्बई- मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएको जनाइएको छ ।

उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ । यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिङ्क सार्वजनिक गर्दै  यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको  अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । 

यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ । एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ ।

बुधबार मुम्बई वर्षाको कारण जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ । 

बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । 

मुम्बईका पानी आपूर्ति  केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसामोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ । 

भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ ।

महाराष्ट्रमा जुलाई २६-२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरीसिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ५ : ३३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष