समाचार

टियु क्रिकेट स्टेडियम निर्माणबारे छलफल

By खबरहब

July 25, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारसँग किर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो।

छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले असार ३१ गते आफू नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ३०० दिनमा किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान र प्याराफिटको निर्माण गर्ने निर्णय गरेका थिए ।