भारतमा हतियार निर्यातमा वृद्धि « Khabarhub

भारतमा हतियार निर्यातमा वृद्धि


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको भारत पछिल्लो समय भने हतियार निर्यातमा पनि अगाडि देखिएको छ । भारतीय आर्थिक सर्वेक्षणका अनुसार भारत विश्वका २५ ठूलो हतियार निर्यातकर्ता मुलुकको सूचीमा समेटिएको छ ।

सन् २०१५ देखि सन् २०१९ सम्म भारत संसारकै दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको थियो । द हिन्दूका अनुसार पछिल्लो समय भने हतियार उत्पादनको क्षेत्रमा भारतले ठूलो फड्को मारेको छ ।

आर्थिक वर्ष सन् २०१६–१७ मा भारतमा ७४ हजार ५४ करोड भारतीय रुपैयाँ बराबरको रक्षा उपकरण उत्पादन भएकोमा सन् २०२२–२३ मा यो बढेर १ लाख ८ हजार ६ सय ८२ करोड भारु पुगेको छ ।

पछिल्लो समय रक्षा उपकरणको निर्यात स्वीकृतिमा पनि वृद्धि भएको हिन्दूले उल्लेख गरेको छ । अघिल्लो वर्ष १ हजार ४ सय १४ रक्षा उपकरण निर्यात स्वीकृत भएकोमा यस वर्ष भने बढेर १ हजार ५ सय ७ निर्यात स्वीकृत गरिएको हिन्दूले उल्लेख गरेको छ ।

रक्षा उपकरण निर्यात गर्ने भारतीय कम्पनीको सङ्ख्या १ सयभन्दा धेरै रहेको जनाइएको छ । भारतले खासगरी डोर्नियर विमान, तोपखाना प्रणाली, ब्रम्होस क्षेप्यास्त्र, पिनाका रकेट प्रणाली, रडार, बख्तरबन्द गाडीजस्ता रक्षा उपरकण निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ३५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित