भारतमा हतियार निर्यातमा वृद्धि « Khabarhub

भारतमा हतियार निर्यातमा वृद्धि


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको भारत पछिल्लो समय भने हतियार निर्यातमा पनि अगाडि देखिएको छ । भारतीय आर्थिक सर्वेक्षणका अनुसार भारत विश्वका २५ ठूलो हतियार निर्यातकर्ता मुलुकको सूचीमा समेटिएको छ ।

सन् २०१५ देखि सन् २०१९ सम्म भारत संसारकै दोस्रो ठूलो हतियार आयातकर्ता मुलुकका रुपमा रहेको थियो । द हिन्दूका अनुसार पछिल्लो समय भने हतियार उत्पादनको क्षेत्रमा भारतले ठूलो फड्को मारेको छ ।

आर्थिक वर्ष सन् २०१६–१७ मा भारतमा ७४ हजार ५४ करोड भारतीय रुपैयाँ बराबरको रक्षा उपकरण उत्पादन भएकोमा सन् २०२२–२३ मा यो बढेर १ लाख ८ हजार ६ सय ८२ करोड भारु पुगेको छ ।

पछिल्लो समय रक्षा उपकरणको निर्यात स्वीकृतिमा पनि वृद्धि भएको हिन्दूले उल्लेख गरेको छ । अघिल्लो वर्ष १ हजार ४ सय १४ रक्षा उपकरण निर्यात स्वीकृत भएकोमा यस वर्ष भने बढेर १ हजार ५ सय ७ निर्यात स्वीकृत गरिएको हिन्दूले उल्लेख गरेको छ ।

रक्षा उपकरण निर्यात गर्ने भारतीय कम्पनीको सङ्ख्या १ सयभन्दा धेरै रहेको जनाइएको छ । भारतले खासगरी डोर्नियर विमान, तोपखाना प्रणाली, ब्रम्होस क्षेप्यास्त्र, पिनाका रकेट प्रणाली, रडार, बख्तरबन्द गाडीजस्ता रक्षा उपरकण निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ३५ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर