बोर्डबाट बिदा भए भुवन केसी « Khabarhub

बोर्डबाट बिदा भए भुवन केसी


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षबाट नायक भुवन केसी बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिसँगै उनी बिहीबार औपचारिकरुपमा बोर्डबाट बिदा भएका हुन् । उनको कार्यकाल साउन ९ गते पूरा भएको हो ।

बोर्डले एक कार्यक्रमको आयोजना गरी केसीलाई बिदाई गरेको हो । बिदाइ कार्यक्रममा फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो ।

बिदाई हुँदै गर्दा केसीले आफ्नो कार्यकालमा थालनी र सम्पन्न भएको कामहरु सुनाएका थिए । बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानुनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको उनको दाबी थियो ।

बोर्डबाट बिदा भए फिल्मको विकास र विस्तारमा सधै लागि पर्ने उनले प्रतिबद्धता जनाए । तर उनी बिदाई हुँदै गर्दा सरकार प्रति खरो टिप्पणी गरे ।

उनले भने, ‘निर्माताहरुले घर बेचेर फिल्म क्षेत्रलाई यहाँसम्म ल्याए । सरकारले यो क्षेत्रका लागि केही गरेको छैन । यस क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्न हामीले कति आग्रह गर्यौं । सरकार सुन्छ तर कार्यान्वनमा फितलो छ ।’

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले