‘गोर्खे खुकुरी’को सफलतापछि ‘माछी’ सार्वजनिक « Khabarhub

‘गोर्खे खुकुरी’को सफलतापछि ‘माछी’ सार्वजनिक


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – शान्ति श्री परियार र निश्चल दवाडीको स्वर रहेको गीत ‘गोर्खे खुकुरी’को सफलतापछि ‘माछी’ सार्वजनिक गरिएको छ ।

५ महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको सफलताको खुशी साट्न आयोजित कार्यक्रममा नयाँ गीत सार्वजनिक गरिएको हो ।

काठमाडौं जमलस्थित एक हलमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् ।

सो कार्यक्रममा निर्देशक एवं कलाकार दीपाश्री निरौला आमन्त्रित थिइन् । उनले गीत मन परेको प्रतिक्रिया दिँदै भनिन्, ‘गीत एकदमै राम्रो लाग्यो, गीत भन्न साथ त्यसै हात खुट्टा नाच्न थाल्छ । यो गीतमा नाच्न यति मजा आउँछ कि त्यहाँ बल्छी थापिरहनै पर्दैन ।’ कोरीयोग्राफीदेखि ड्रेसमा पनि एकदमै ध्यान दिएर भिडियो निर्माण भएको उनको भनाइ छ ।

यस गीतको शब्द र संगीत पुरूषोत्तम गैरेको रहेको छ । लोमश शर्माको प्रस्तुतिमा निर्माण भएको यो गीतको म्युजिक भिडियो उनैले निर्देशन गरेका हुन् । यसमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ५९ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय