दुई सातामा पाकिस्तानको बलोचिस्तानबाट १९ जना बेपत्ता « Khabarhub

दुई सातामा पाकिस्तानको बलोचिस्तानबाट १९ जना बेपत्ता


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको बलोचिस्तानमा पछिल्लो दुई सातायता १९ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोचिस्तानमा भइरहेको भनिएको संदिग्ध नरसंहारको विरोधमा आगामी जुलाई २८ मा आयोजना गर्न लागिएको प्रदर्शनअघि बेपत्ताका घटना बाहिर आएको हो ।

बेपत्ता पारिएकामध्ये ४ जनालाई पछि छाडिएको र ६ जनाको शव फेला परेको जनाइएको छ । बलोचिस्तान पोस्टका अनुसार प्रान्तको बेपत्ता पारिनेमा विद्यार्थी, सामाजिक अभियन्ता, पत्रकार र स्थानीय राजनीतिक नेताहरु पनि छन् ।

राज्यको अवरान, डेरा बुग्ती, कलत, केच, गदर, मस्तुङजस्ता क्षेत्रबाट बढी नागरिकहरु बेपत्ता पारिएका छन् । प्रान्तमा बसोबास गर्ने नागरिकहरुमा अपहरणमा परिने वा बेपत्ता भइने त्रास बढ्दै गएको बलोचिस्तान पोस्टले जनाएको छ ।

पृथकतावादी गतिविधि बढ्दै जाँदा हालसम्म बलोचिस्तानमा हजारौँ नागरिक बेपत्ता रहेको बताइन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : १४ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध