एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने « Khabarhub

एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

जिल्ला अधिवेशन आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने विषयमा छलफल गरिएको बैठकमा सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा सिफारिस गरेका नामावलीबाट नेताहरुको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्न नेताहरुको सुझाव आएको छ ।

पार्टी केन्द्रीय कमिटीमा चयन हुन विधानले तोकेको योग्यता पूरा भएको हुनुपर्ने जनाइएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विरुद्ध विभिन्न षड्यन्त्र सुरु भएकाले पार्टीलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ्न् । बैठक यही साउन १४ गते पुनःबस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : ५६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड