एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने « Khabarhub

एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

जिल्ला अधिवेशन आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने विषयमा छलफल गरिएको बैठकमा सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा सिफारिस गरेका नामावलीबाट नेताहरुको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्न नेताहरुको सुझाव आएको छ ।

पार्टी केन्द्रीय कमिटीमा चयन हुन विधानले तोकेको योग्यता पूरा भएको हुनुपर्ने जनाइएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विरुद्ध विभिन्न षड्यन्त्र सुरु भएकाले पार्टीलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ्न् । बैठक यही साउन १४ गते पुनःबस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : ५६ बजे

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस