बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता « Khabarhub

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् । उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताएका छन् ।

“भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ”, रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताए ।

उनले बङ्गलादेशको अवस्था चाँडै सामान्य हुने आशा व्यक्त गरेका छन् । भारत फर्केका विद्यार्थीहरुको सङ्ख्याबारे सोधिएको प्रश्नमा जयस्वालले भने, “अहिलेसम्म बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू फिर्ता आएका छन् । हामीले बङ्गलादेश सरकारबाट उत्कृष्ट सहयोग पाएका छौं। हाम्रो उच्च आयोगले उनीहरूको सीमा पार गर्ने बिन्दुहरू वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ।”

“हाम्रो उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइनहरू सञ्चालन गरिरहेका छन् र त्यहाँ रहेका सबै व्यक्ति, हाम्रा विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्छन्”, उनले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १० : ०५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न