रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता « Khabarhub

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ८ जना बेपत्ता भएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो ।

पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ ।

पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

पहिरोमा ज्यान गुमाउनेमा चण्डिका श्रेष्ठ र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ । एक बालकले भने भागेर ज्यान जोगाएका छन् ।

दोरम्बा शैलुङकाे वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

 

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ०२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र