आइएसको निसाना बन्दै युरोपका महोत्सव | Khabarhub Khabarhub

आइएसको निसाना बन्दै युरोपका महोत्सव


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जर्मन प्रहरीले तीन जनाको ज्यान जाने गरी भएको छुरा प्रहारमा संलग्न एक १५ वर्षीय किशोरलाई गिरफ्तार गरेको छ। उनको परिचय खुलाइएको छैन। रहस्यात्मक विषय के हो भने उनलाई आक्रमणको पूर्व जानकारी भएर पहिले नै प्रहरीलाई यसका बारे खबर गरिएको थियो। युरोपमा बढ्दै गएको यस्ता घटना र बाल मनोविज्ञान अहिलेको गम्भीर विषय बनेको छ।

घटनामा ६७ र ५६ वर्षीय दुई पुरुष तथा ५६ वर्षीय महिलाको ज्यान गएको थियो। ८ जना घाइते भएका छन्। चार जनाको खराब अवस्थाले यस घटनाको दुःखद पाटोलाई दर्साउँछ। यो घटनाले सुरक्षा संयन्त्र र बढ्दो अपराधको बारे गम्भीर बहस उत्पन्न गराएको छ।

यो गिरफ्तारीको क्रम आइतबार बिहान तीन जनासम्ममा पुगेको छ। आइतबार बिहान प्रकाशित पछिल्लो समाचार अनुसार प्रहरीले शङ्कास्पद व्यक्तिलाई हिरासतमा पठाइएको जनाएको छ। ‘प्रहरीले दिनभरी खोजेर अहिले हिरासतमा पठाएको हो,’ नथए फायन वेस्ट फालियका आन्तरिक मामला मन्त्री हर्बट रियलले भने। ती व्यक्तिको शरीरमा रगतका टाटैटाटा थिए।

प्रहरीले आक्रमण भएको छेवैको शरणार्थी शिविरमा ती तेस्रो व्यक्तिलाई बन्दी बनाएको छ। स्पेसल टास्क फोर्सले त्यस शरणार्थी शिविरमा गएर नै ती व्यक्तिको खोजी गरेको थियो।

प्रहरीले आक्रमण भएको छेवैको शरणार्थी शिविरमा ती तेस्रो व्यक्तिलाई बन्दी बनाएको छ। स्पेसल टास्क फोर्सले त्यस शरणार्थी शिविरमा गएर नै ती व्यक्तिको खोजी गरेको थियो। प्रहरीले घटनाको पूर्व जानकारी अनुसार १५ वर्षीय ती बालकको बारे आइतबार धारणा सार्वजनिक गरेको छ। ती बालकलाई पूर्व जानकारी भए पनि उनी मुख्य योजनाकार अन्य केही नभएको जनाइ सकेको छ।

अहिले इस्लामिक स्टेट ग्रुपले घटनाको जिम्मेवारी लिएको छ तथापि ती १५ वर्षीय व्यक्ति र आक्रमणमा संलग्नको सम्बन्ध कत्ति नजिकको भन्ने खुलाइएको छैन। औद्योगिक सहर सेलिङघमको स्थापना भएको ६५० वर्ष पछि मनाइएको उत्सवमा ती आक्रमण धारी यता र उता भौतारिरहेका थिए।

घटना भएपछि त्यहाँको वातावरण एकदमै अस्तव्यस्त रहेको थियो। प्रहरीकै अनुसार आक्रमणकारीले घाँटीमा लक्षित गरेर प्रहार गरेका थिए। स्टिल उद्योगका लागि परिचित सहर सोलिङ्घनमा १ लाख ६० हजार जनाको बसोबास छ। सहर स्थापनाको वर्षगाँठ मनाउने तीन दिने तयारी भए पनि सो घटना भएपछि ७५ हजारले कार्यक्रम रद्द गरेका थिए। सो सहरका मेयर टिम कर्बाचले अहिले सिङ्गो सहर नै शोकमा डुबेको बताएका छन्।

घटनापछि जर्मन बुन्डेस लिगका खेल कालो पट्टी बाँधेर खेलाइएको छ। देशभरी शोक मनाउनेक्रम जारी छ।

घटनापछि जर्मन बुन्डेस लिगका खेल कालो पट्टी बाँधेर खेलाइएको छ। देशभरी शोक मनाउनेक्रम जारी छ।

गिरफ्तार हुने पछिल्लो व्यक्ति २६ वर्षीय सिरियाली नागरिक थिए। उनले त्यहाँ शरणार्थी शिविरमा बसोबास गरीरहेका थिए। जर्मनीको अहिले छुरा आक्रमण डरलाग्दो र विस्मयकारी भए पनि यो पहिलो भने पक्कै होइन। यसअघि जुन महिनामा मेनहाममा एक २९ वर्षीय प्रहरीमाथि छुरा प्रहार भएको थियो। सन् २०२१ मा रेलमा नै यसरी छुरा प्रहारको घटना हुँदा धेरै जनाको ज्यान गएको थियो।

जर्मनीमा भएको यो आक्रमणको केही समय अघि नै संसार सशङ्कित थियो। जर्मनीमा युरो कप फुटबल चली रहँदा फ्रान्स र जर्मनीका आन्तरिक मामला मन्त्री धेरै नै चिन्तित थिए। चिन्ताको कारण थियो कि रुसको खर्सेनमा भएको १४५ जना हाताहाती हुने इस्लामिक इस्टेट आक्रमणपछि फेरि त्यसै किसिमको आक्रमण युरोपका अन्य सहरमा पनि हुने जनाइएको थियो।

७ अक्टोबरमा हमासले इजरायलका आक्रमण गरेको थियो। त्यसको प्रतिकारमा अहिले इजरायलले पनि गाजामा लगातार आक्रमण गरिरहेको छ। योसँगै सिङ्गो युरोप इस्लामिक इस्टेटको निसानामा परेको तथा धेरै क्षेत्रमा सुरक्षा खतरा भएको सूचना धेरै देशका अधिकारीले पाइसकेका थिए।

१३ अक्टोबर २०२३ मा फ्रान्समा भएको एउटा हाई स्कुलको आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको थियो। त्यसको तीन दिनपछि बेल्ज्यिमका दुई स्विडिस फुटबल समर्थकको हत्या भएको थियो। १६ अक्टोबरमै बेलायतमा छुरा प्रहार भएको थियो। ३ डिसेम्बरमा दिन फ्रान्समा जर्मन पर्यटकको हत्या भएको थियो। यस वर्षको २ मार्चमा स्विट्जरल्याण्डमा एक यहुदीमाथि आक्रमण भएको थियो।

३१ मे मा जर्मनीमा उग्र दक्षिण पन्थीहरूको प्रदर्शनको क्रममा आक्रमण भएको थियो। गाजामा युद्ध सुरु भएपछि युरोपेली राष्ट्रका सुरक्षा निकायले विशेष सावधानी नअपनाएका होइनन्। अझ धेरै जसो ठुला कार्यक्रम यस्ता घटनाको चासो बढिरहेको छ। साथै विशेष सावधानी पनि अपनाउने गरिएको थियो।

फ्रान्सको पेरिसमा गत महिना ओलम्पिक खेल महोत्सव सकिएको छ। सो ओलम्पिकको दौरान या ओलम्पिक भन्दा अघि नै धेरै धम्की र चेतावनी आइसकेका थिए।

फ्रान्सको पेरिसमा गत महिना ओलम्पिक खेल महोत्सव सकिएको छ। सो ओलम्पिकको दौरान या ओलम्पिक भन्दा अघि नै धेरै धम्की र चेतावनी आइसकेका थिए।

यसका अलावा अन्य बृहत् कार्यक्रमहरूको प्रयासमा असफल भएको सुरक्षा निकायहरूले जानकारी गराइसकेका छन्। सन् २०२३ को डिसेम्बरमा जर्मनी र अस्ट्रिया आइएसको अर्को निसाना थिए। तथापि त्यहाँ सुरक्षा निकाय गम्भीर दुर्घटना हुनबाट बचाउन सफल भएको थियो। २०२४ को मार्चमा बेल्जियमको एक कन्सर्टलाई पनि आइएसले निसाना बनाएको थियो।

सन् २०२४ को अप्रिलमा जर्मनीको चर्चमा आइएसले बुनेको आक्रमण पनि प्रहरीले असफल बनाएको थियो। मे २०२४ मा बेलायतमा यहुदी समुदाय र अन्य धेरैका आक्रमणको योजना बुने पनि त्यो असफल भएको थियो। आइएसले अहिले युरोपका कुनै पनि ठुलो सभा समारोह र मानिसको भीड हुने क्षेत्रलाई लक्षित गरेर योजना बनाएको प्रस्ट छ। युरोपमा रहने जो कोहीलाई महोत्सव वा भीडभाडमा सावधानीको विकल्प पनि छैन। स्रोत : बिबिसी, डी डब्ल्यु आइसीसीटी

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ५८ बजे

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो

मुस्ताङको पर्यटन विकासमा निषेधित क्षेत्रको तगारो

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल