इजरायली सेनाद्वारा हिजबुल्लाहका सेन्टरमा आक्रमण « Khabarhub

इजरायली सेनाद्वारा हिजबुल्लाहका सेन्टरमा आक्रमण


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहरुका विभिन्न केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि इजरायलले आक्रमण सुरु गरेको हो ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेको बताए ।

उनले इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको बताए। करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।

इजरायली विमानले आइन काना, केफर फिला, लुइजेह, बसलिया र केफर मेल्की सहरको बाहिरी भागमा रहेको चकिफ क्यासललाई निशाना बनाएको थियो।

इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।

इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा मिसाइलहरू प्रहार गरेको छ । हिजबुल्लाहले इजरायलतर्फ देशको उत्तरी भागमा रहेका ११ सैन्य स्थललाई लक्षित गरी ३२० भन्दा बढी रकेट प्रहार गरेको जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

आफ्ना सैन्य कमाण्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ३५ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म