बैकिंङ क्षेत्रका विकृति नियन्त्रण गर्न प्रभावकारी कानून आवश्यक : अर्थमन्त्री « Khabarhub

बैकिंङ क्षेत्रका विकृति नियन्त्रण गर्न प्रभावकारी कानून आवश्यक : अर्थमन्त्री


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले बैकिंङ क्षेत्रमा देखा परेका विकृतिलाई नियन्त्रणका लागि प्रभावकारी कानून बनाउन आवश्यक रहेको बताएका छन्  ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैङ्किङ कसुर र चेक अनादरका घटनाहरू धेरै नै बढ्दै गएकाले विधेयक छिटो पास गरेर बलियो कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बैंकिङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानूनलाई प्रभावकारी बनाउँदै सजायसमेत तोक्ने गरी विधेयक ल्याइएको उनले बताए ।

बैङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई समेत सरल, व्यवस्थित, व्यवहारिक बनाउनुपर्ने उनले बताए । अर्थमन्त्री पौडेलले सहकारीबाट हुने कारोबारलाई समेत बैंकिङ कारोबार मानी विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।

सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै अधिकतम दुई वर्षसम्मको कैद सजाय प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ३ : १८ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका