आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक « Khabarhub

आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर विमानस्थलमा रातो मसी फ्याँकेर आक्रमण प्रयास गरिएको घटनापछि नेकपा एमालेका नेता महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन् ।

आइतबार विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा जम्मा भएका प्रदर्शनकारीहरूले बस्नेत सवार गाडीमा रातो रङ हानेका थिए। 

त्यस क्रममा नाराबाजीसमेत भएको थियो । घटनापछि सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत इटहरीमा आयोजना भएको एमाले कार्यक्रमका लागि कोशी आएका थिए ।

घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आक्रमण प्रयासलाई गम्भीर र निन्दनीय भनेका छन्। उनले लोकतन्त्रमा विरोधको सिमाना हुने बताउँदै शान्तिपूर्ण अभिव्यक्ति वैध भए पनि हिंसात्मक हर्कत स्वीकार्य नहुने बताएका छन् ।  उनले आफूमाथि आक्रमण हुँदा तत्कालै प्रहरीले देखाएको  तत्परताप्रति धन्यवाद दिएका छन्।

बस्नेतले बाधा र अवरोधबीच पनि युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा विराटनगरमा सुरु भएको बताएका छन् । उनले सकारात्मक ऊर्जा र उच्च सहभागितासहितको यो अभियानले देशभर नयाँ सन्देश प्रवाह गर्ने बताएका छन् ।

एमालेका नेतामाथि पछिल्ला दिनमा विभिन्न स्थानमा जेन–जी समूहको नाममा आक्रमण प्रयास भइरहेको छ । इटहरी, सिमरा र मधेसका विभिन्न ठाउँमा उनीविरुद्ध उग्र विरोध देखिएको छ। सिमरामै तीन दिनसम्म तनाव चर्किएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : २१ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमालाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक